मंगलबार २३ असार, २०८३ (Tuesday July 07, 2026)
मंगलबार २३ असार, २०८३ (Tuesday July 07, 2026)

प्रहरी नेतृत्वमा चार एआईजी मध्य मनोज केसीको सम्भावना बलियो, सरकार र शक्तिकेन्द्र दुबैको नजर उनीमाथि

सोमबार १८ कार्तिक, २०८२ थानेश्वर अर्याल अच्युत 5437


प्रहरी नेतृत्वमा चार एआईजी मध्य मनोज केसीको सम्भावना बलियो, सरकार र शक्तिकेन्द्र दुबैको नजर उनीमाथि

 

काठमाण्डौ,आगामी कात्तिक २६ गतेदेखि रिक्त हुने नेपाल प्रहरीको नेतृत्वका लागि एआईजी मनोज केसीको सम्भावना बलियो बनेको छ। सरकार निकट स्रोतहरूका अनुसार एआईजीका चार प्रतिस्पर्धी—दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद्धिबिक्रम शाह—मध्ये केसी प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालका नजरमा परेका छन्।

 

प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ कात्तिक २६ गतेदेखि अवकाशमा जाँदै छन्। उनीपछि नेतृत्व सम्हाल्न सक्ने सम्भावित नामहरूबीच तीव्र लबिङ चलिरहेको छ। स्रोतहरूका भनाइमा कार्की र केसी दुबै शक्तिकेन्द्रहरूको समर्थनका लागि सक्रिय छन्, तर अन्तिम समयमा सरकार नजिक भएका कारण केसीको सम्भावना बलियो देखिएको हो।

 

प्रहरी प्रमुख खापुङकै सिफारिसमा जेन–जी आन्दोलनका बेला काठमाडौं प्रहरी प्रमुख रहेका एसएसपी विश्व अधिकारीको बढुवा रोकिएपछि तत्कालीन महानगरीय प्रहरी प्रमुख दानबहादुर कार्कीको सम्भावना कमजोर बनेको विश्लेषण प्रहरीले गरेको छ। स्रोतहरूका अनुसार शक्तिकेन्द्रहरूले समेत कार्कीको उम्मेदवारी रोक्न प्रयास गरिरहेका छन्, भने गृहमन्त्री अर्यालको विश्वास केसीमाथि देखिएको छ।

 

सरकारको उच्च स्रोतले भन्यो, “कुनै आकस्मिक राजनीतिक परिवर्तन नभए मनोज केसी नयाँ प्रहरी प्रमुख बन्ने लगभग निश्चित छ।”

 

सुशीला कार्की नेतृत्वको सरकारले एआईजी केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखमा ल्याएको थियो। यसअघि केपी ओली नेतृत्वको सरकारले भने केसीलाई भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा सिआइबी प्रमुखबाट हटाएको थियो।

 

यसैबीच, भदौ २३ र २४ गतेका घटनाको छानबिन गरिरहेको गौरीबहादुर कार्की आयोगले प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ, तत्कालीन अपरेसन प्रमुख सिद्धिबिक्रम शाह, उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्की र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीलाई बयानका लागि बोलाउने तयारी गरेको बुझिएको छ।

 

प्रहरी मुख्यालयले पनि ती घटनाका बेला खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको छ। आयोगको पत्रका आधारमा रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयलाई पठाइएको पत्रमा तत्कालीन जिम्मेवार अधिकारीहरूलाई बयानका लागि उपलब्ध गराउन भनिएको छ।




मतहरू

Marvindum

darknet markets 2026 https://sites.google.com/view/darknetlisten dark market link https://sites.google.com/view/darknetmarketplaces

ChaseCLIME

darknet market links https://sites.google.com/view/darknet-markets-list-2026 darknet market list https://sites.google.com/view/darknetmarkets2026

Jamesduelo

dark markets https://sites.google.com/view/darknetmarketsmonitoring dark web market urls https://sites.google.com/view/links-darknet-markets

Carlosvet

dark web marketplaces https://sites.google.com/view/darknet-links-2026 darknet market https://sites.google.com/view/darknet-links-2026

MaximoAbete

dark market 2026 https://sites.google.com/view/darknetlistshops dark web market https://sites.google.com/view/darknetlistshops

Carlosvet

darkmarket list https://sites.google.com/view/darknetlinkslist dark web market links https://sites.google.com/view/darknetlinkslist

ChaseCLIME

darknet markets https://sites.google.com/view/darknet-markets-list-2026 darknet drugs https://sites.google.com/view/darknet-market-links-2026

MaximoAbete

darknet markets 2026 https://sites.google.com/view/darknet-list-markets darknet links https://sites.google.com/view/darknetlistshops

Marvindum

darknet markets https://sites.google.com/view/darknetlisten dark web link https://sites.google.com/view/darknetmarketplaces

Jamesduelo

darkmarket url https://sites.google.com/view/links-darknet-markets onion dark website https://sites.google.com/view/darknetmarketsmonitoring


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?